‘नियमित भिसा सेवा सुचारु हुने मिति थाहा छैन’ -अमेरिकी दूतावास, काठमाडौं
प्रकाशित मिति : माघ २१, २०७७ बुधबार
अमेरिकी दूतावास काठमाडौंमा कहिलेदेखि नियमित भिसा सेवा सुचारु हुने भन्नेबारे आफूहरुलाई थाहा नभएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । फेसबुकमा गरिएको भिसा च्याटका क्रममा दूतावासका कन्सुलर अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने
तर विगतमा भिजिटर भिसा भएकाहरुका लागि भने विना अन्तरवार्ता नयाँ भिसा जारी गर्नका लागि आवेदन भने स्वीकार भइरहेको दूतावासले जनाएको छ । विना अन्तरवार्ता नयाँ भिसा प्राप्त गर्नका लागि भने विगतमा सोही श्रेणीको भिसा भएको लगायतका केही मापदण्डहरु पूरा गर्नुपर्ने हुनसक्छ । मापदण्ड पूरा गरेकाहरुले दूतावासमा नै नगई दूतावासले तोकेको स्थानमा पासपोर्ट छाड्न सक्नेछन् ।
नियमित भिसा सेवा सुचारु नभएपनि अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ भिसा जारी
भारतमा रहेको अमेरिकी दूतावासबाट विद्यार्थी, भिजिटर लगायतका भिसा प्राप्त गर्न सम्भव हुनसक्ने तर त्यसका लागि आफूले भिसाका लागि आवेदन दिन चाहेको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न जानकारी लिन सकिने अमेरिकी दूतावास काठमाडौंको भनाई छ ।
काठमाडौंको दूतावासबाट जारी नभएपनि २ महिनामा ४६ नेपालीले यसरी पाए अमेरिकाको विद्यार्थी भिसा
दूतावासले अहिले ईबी थ्री श्रेणीका भिसा अप्वाइन्टमेन्टहरु तय नगरेको तर विशेष परिस्थीति अन्तरगत सिमित संख्यामा भिसा प्रकृया अगाडि बढाइएको स्पष्ट पारेको छ । तर त्यसका लागि योग्य भएको ठान्नेहरुले दूतावासको इमेल ठेगाना मा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।






