विदेशको नागरिकता लिएका नेपालीलाई विनाशर्त अन अराइभल भिसा


प्रकाशित मिति : माघ १९, २०७७ सोमबार

विदेशको नागरिकता लिएका नेपालीहरुलाई नेपाल प्रवेश गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विनाशर्त अन अराइभल भिसा प्रदान गरिने भएको छ । अध्यागमन विभागले एक सुचना प्रकाशित गरी राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएका नेपाली मूलका विदेशी, नेपालीसँग नातासम्बन्ध भएका र गैर आवासीय नेपाली नागरिकलाई अन अराइभल भिसा दिने उल्लेख गरेको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तले आफूहरुको बारम्बारको अनुरोधपछि सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको जानकारी दिएका छन् । उनले स्वास्थ्य सुरक्षाका लागि प्रयाप्त सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन् -‘हाम्रो बारम्बारको अनुरोधपछि सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ। स्वास्थ्य सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएर यात्रा गर्न गैरआवासीय नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछु । शुभ यात्रा ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति दिइने तर एयरपोर्टमा अन अराइभल भिसा नदिइने अधयागमन विभागले जनाएको छ । भिसा नभएका विदेशीहरुले विदेशमा रहेका नेपालस्थीति नियोगबाट भिसा प्राप्त गरेर नेपाल आउन सक्नेछन् । भिसा लिइ आउन सम्भव नभएमा सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्व स्वीकृति पेश गरेमामात्र अन अराइभल भिसा दिइने जनाइएको छ ।

सबै विदेशी यात्रुहरुले यात्रा सुरु गर्नुभन्दा बढीमा ७२ घण्टाभित्रको नेगेटिभ कोरोना रिपोर्ट पेश गर्नुपर्नेछ । तर ५ बर्षभन्दा कम उमेरकाहरुका लागि त्यस्तो रिपोर्ट आनिवार्य हुनेछैन । सबै यात्रुहरुले नेपाल सरकारले तोकेका क्वारेन्टीनका नियमहरु र स्वास्थ्यमापदण्डहरुको पालना गर्नुपर्ने जनाइएको छ ।

यात्रा अनुमतिपत्र वा आकस्मिक राहदानी बाहकलाई पोर्ट अफ इन्ट्रीमा अन अराइभल भिसा नदिइने जनाइएको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com