कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
प्रकाशित मिति : माघ १९, २०७७ सोमबार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
कोरोना महामारीबीच ४ लाख ३३ हजार २७१ जना परीक्षार्थी परिक्षामा सहभागी थिए। जसमा १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। बाँकी परिक्षार्थी पास भएका छन् ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिनेछ । कोरोना महामारीका कारण वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो ।
नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:-
https://www.neb.gov.np/results






