न्युयोर्कमा नेपालीमा कोरोना संक्रमण भटाभट, स्वास्थ्यस्थीति सामान्य


प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

न्युयोर्कका नेपालीमा कोरोना संक्रमणदर फेरी बढेको छ ।

न्युयोर्कमा पछिल्ला केहीसातामा कोरोना संक्रमण हुने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि देखिएको छ । न्युयोर्कमा रहेका नेपालीहरुले उल्लेख्यमात्रामा सामाजिक सञ्जालहरुमा आफू कोरोना संक्रमित भएका विवरणहरु पोष्ट गरेका छन् ।

न्युयोर्कमा चिसो बढ्दै गर्दा संक्रमित हुने नेपालीहरुको संख्या पनि उल्लेख्य देखिएको हो । न्युयोर्क र न्युजर्सीमा रहेका कैयन नेपालीहरुले कोरोना संक्रमण भएको बताएपनि कोहीपनि सिकिस्त भएका खबर भने आएका छैनन् ।

न्युयोर्कमा गतबर्षको मार्चदेखि मेसम्म कोरोना संक्रमणबाट झण्डै एकदर्जन नेपालीहरुको ज्यान गएको थियो । कैयन नेपालीहरु सिकिस्त बिरामीभएर अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो चरणमा कोरोना महामारीलाई सहज रुपमा लिने क्रम बढिरहँदा नेपालीहरुमा संक्रमणदर उच्च देखिएको हो । कतिजना नेपालीहरु संक्रमित भएका छन् भन्ने यकिन तथ्यांक नभएपनि सामाजिक सञ्जालहरुमा देखिएका विवरणबाट नेपालीहरुमा उच्च संक्रमण देखिएको आकलन गरिएको छ ।

सुरुका चरणमा नेपालीहरुले आफूलाई संक्रमण भएको सार्वजनिक रुपमा बताउन हिचकिचाउने गरेपनि अहिले भने सामाजिक सञ्जालबाट जानकारी दिन थालेका छन् । केहीदिन अगाडि कोरोना संक्रमित भएका प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य राधाकृष्ण देउजा अहिले क्वारेन्टीनमा रहेका छन् ।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च अमेरिकाकै बरिष्ठ उपाध्यक्ष यम मोक्तानले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

न्युयोर्कबाहिर पनि न्युजर्सी लगायत अन्य राज्यमा बस्ने नेपालीहरुले पनि आफूलाई कोरोना संक्रमण भएको उल्लेख्यमात्रामा सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् । अमेरिका निवासी लेखक तथा साहित्यकार शेखर ढुंगेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com