नेपालमा थपिए २८३ संक्रमित, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ७० हजार ३७५ पुगे

❒ पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६५ हजार ६९ स‌ंक्रमणमुक्त

❒ थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या दुई हजार २० पुग्यो

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com