अमेरिकामा अब बालबालिकाहरुका लागि अनलाइनबाटै निशुल्क नेपाली भाषाकक्षा


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

 

अमेरिकामा बालबालिकाहरुका लागि अनलाइनबाटै नेपाली भाषाकक्षा सुरुवात गरिएको छ । ग्लोबल भुटनिज लिटेरेरी अर्गनाइजेनशले अनलाइन भाषा कक्षाको सुरुवात गरेको हो । हरेक आइतबार विहान भाषाकक्षा संचालन हुने भएको छ ।

भर्चुअल कार्यक्रम भाषाकक्षाको उद्घाटन गरिएको हो । कार्यक्रम ग्लोबल भुटनिज लिटेरेरी अर्गनाइजेनशका अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा थुप्रै समाजसेवी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा , डाक्टर भिम खतिवडा , शिक्षाविद हेमन्त लामा, वरिष्ठ साहित्यकार डाक्टर मधु माधुर्य श्रेष्ठ लगायत अन्य अतिथिले नेपाली भाषा प्रतिको मोह र आवश्यकताबारे बोल्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सके मात्र फलदायी हुने कुरा कार्यक्रममा वक्ताहरुले बताउनुभयो । नेपाली कक्षाका लागि आवश्यक सामाग्रीको पनि जोहो भइसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा यदु अधिकारी र लक्की राशीले सृजना वाचन गर्नु भएको थियोे । कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरुले केहि मौलिक गीत तथा भजन गाएका थिए । आइतबार देखि कक्षा सञ्चालन हुने र अभिभावकहरुलाई बालबालिकाहरुका लागि फारम भरिदिन संस्थाका अध्यक्ष कर्ण गुरुङले अनुरोध गर्नुभयो ।

भाषाकक्षामा सहभागी हुनका लागि https://zoom.us/j/99474309438   (Meeting ID: 994 7430 9438) मार्फत हरेक आइतबार न्युयोर्क समय अनुशार विहान ११ बजे सहभागिता जनाउन सकिनेछ ।

(तस्वीरमा टेक्सासमा नेपाली भाषा सिक्दै नेपाली मूलकी बालिका सनसाइन थापा ।समाचार नयाँ जुम आईडीसहित अपडेट गरिएको छ । )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com