यूकेमा कोरोनाबाट अस्पतालमा मृत्यु भएका पूर्व गोर्खाको अन्त्येष्टि नहुँदै घरमै श्रीमतीको निधन


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

बेलायतमा बस्दै आएका एक भूतपूर्व गोर्खाका दम्पतिको १० दिनको फरकमा निधन भएको छ ।

दश दिनअघि कोरोना संक्रमणका कारण बेजिङस्टोक अस्पतालमा निधन भएका पूर्व गोर्खा क्याप्टेन हर्क बहादुर गुरुङकी पत्नी चन्द्र कुमारी गुरुङको सोमबार  निधन भएको उनका छोरा अनररी लेफ्टिनेन्ट लालप्रसाद गुरुङ (बीइएम) का नम्बरी शुक्र (साइमन) तामाङले जानकारी दिए ।

उनका अनुसार ९२  वर्ष उमेरका पूर्व गोर्खा गुरुङको बेजिङस्टोक हस्पिटलमा १६ जनवरीका दिन निधन भएको थियो । उनकी ९१ वर्षीया श्रीमतीको सोमबार घरमै निधन भएको  हो । श्रीमानलाई कोरोना संक्रमण भएपनि श्रीमतीलाई भने संक्रमण नभएको बताइएको छ ।

मृतक गुरुङ दम्पति उनीहरुका जेठो छोरासँग साउथ इष्ट लण्डनमा  बस्दै आएका थिए । नेपालमा पुर्ख्यौली घर स्याङ्जा जिल्ला कर्मिडाँडा रहेका उनीहरुको पछिल्लो समय पोखरा नयाँबजारमा बसोबास थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वर्गीय गुरुङ दम्पतिका तीन छोरा र दुई छोरी छन् । जसमध्ये  जेठी छोरी काठमाडौँमा छन् भने बाँकी सबै बेलायतमै छन् ।

११ जना नाति-नातिनामध्ये एक नातिनी बेलायतकै पिटरबरो  अस्पतालमा डाक्टर छन् ।

दश दिनअघि निधन भएका श्रीमानको अन्त्येष्टि  समेत हुन नपाउँदै श्रीमतीको पनि निधन भएपछि बेलायतको नेपाली समुदाय शोकाकुल बनेको छ ।

बेजिङस्टोक गुरुङ समाजले  स्वर्गीय गुरुङ दम्पतिको निधनमा दु:ख व्यक्त गर्दै परिवारप्रति  समवेदना प्रकट गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com