बेलायतमा चर्चित नेपाली बौद्धिक व्यक्तित्व डा. चन्द्र लक्सम्बाको निधन, कोभिड संक्रमण भएकै बेला स्ट्रोक


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

बेलायतको नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ ।

बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार उनको निधन भएको उनका सहकर्मी डा कृष्ण अधिकारीले  पुष्टि गरे ।

५९ वर्षीय डा, लक्सम्बालाई कोभिड संक्रमण भएकै बेला स्ट्रोक (मस्तिस्कघात) भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुख्र्यौली घर ताप्लेजुंग भएपनि नेपालमा उनको बसोबास धरानमा थियो । बेलायतमा फार्नबरोमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन् ।

पछिल्लो समय डा. लक्सम्बा नेपालस्थित ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा कार्यरत थिए ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका उनी स्टडिज फर नेपाल ‘सिएनएस’ यूकेका पूर्व अध्यक्ष थिए । बेलायतमा नेपालीको जनगणना गर्नमा उनको उल्लेख्य योगदान थियो ।

बेलायत तथा नेपालमा बौद्धिक छवि बनाएका उनी भूतपूर्व गोर्खा आन्दोलन एवम् एनआरएनए अभियानमा पनि योगदान गर्दै आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com