नेपालमा थपिए ३३९ संक्रमित, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु


प्रकाशित मिति : माघ १२, २०७७ सोमबार

❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ६९ हजार ७८९ पुगे

❒ पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६४ हजार ५३८ स‌ंक्रमणमुक्त

❒ थप १० जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुग्यो

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ५३८ स‌ंक्रमणमुक्त भएका छन् ।  यस्तै कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com