२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

नेपालमा थपिए २७० संक्रमित, पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।

❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ६९ हजार ४५० पुगे

❒ पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६४ हजार १३७ स‌ंक्रमणमुक्त

❒ थप ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या दुई हजार १ पुग्यो

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार १३७ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।