नेपालमा थप २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
प्रकाशित मिति : माघ १०, २०७७ शनिबार
नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।
❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ६९ हजार १८० पुगे
❒ पछिल्लो २४ घण्टामा ३ सय ८६ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६३ हजार ७३४ संक्रमणमुक्त
❒ थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ९४ पुग्यो
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार ७३४ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ९४ पुगेको छ ।






