टेक्सासमा ५ लाख ७ हजार डलरमा नेपाली सामुदायीक भवन खरिद प्रक्रिया अन्तिम चरणमा


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

– शेर केसी

टेक्सासको राजधानी अष्टिनमा बसोवास गर्ने नेपालीहरुको आफ्नै सामुदायीक भवन बनाउने सपना पुरा हुन लागेको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी र यस अन्तर्गत रहेको नेपाली सामदायीक केन्द्र निर्माण समितिको पहलमा फेब्रअरी पहिलो साता सामुदायीक भवन खरिद प्रक्रिया सकिने ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

फुल्गरभिल, राउण्ड रक र हटोको कर्नरमा हाइवे १३० संगै रहेको २ दशमलव ६ एकड जमिनमा रहेको भवन खरिद गरेर नेपाली सामुदायीक केन्द्र बनाउने कार्य अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले बताउनुभयो । उहाँका अनुसार सो भवनलाई ५ लाख ७ हजार डलरमा खरिद गर्ने सहमति भएको छ ।

हाल सम्म सामुदायीक भवनका लागी संकलित रकम खरिद मूल्य भन्दा कम रहेको र यही महिनाको अन्त्य सम्म रकम जम्मा गरि सक्नपर्ने भएकोले सके संस्थाको ट्रष्टी बनेर नसके सक्दो सहयोग गर्न अष्टिनवासी नेपाली समुदायमा अपिल गरिएको पनि भट्टले बताउनुभयो । साथै पहिले सहयोगको कबोल गरेका व्यक्तिहरुले आफ्नो रकम यही जनवरी महिनाको अन्त्य सम्म बुझाई सक्न पनि अनुरोध गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीहरुको बाक्लो बसोवास भएका अमेरिकाका अन्य शहरहरुका नेपाली सामदायीक भवन छन् । नेपालीहरुका बिभिन्न कार्यक्रम हालसम्म भाडामा गर्दै आइएकोमा अव आफ्नै भवन भएपछि कार्यक्रम आयोजनाका लागी पनि सहज हुने अपेक्षा गरिएको छ ।

ग्रेटर अष्टिन नेपाली सामुदायीक केन्द्र निर्माण समितिले सामाजिक संजालमार्फत एक बिज्ञप्ती जारी गरेर भवन खरिद प्रक्रिया र संकलित आर्थिक विवरण पनि सार्बजनिक गरेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com