बाइडेन समर्थित बिल पारित भए डिभीको कोटा ८० हजार बनाइने, २० बर्षमा नेपालीका करोड बढी आवेदन

प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित बिल अमेरिकी नागरिकता ऐन २०२१ मा मुख्य १२ वटा विषयहरु समावेश गरिएका छन् । जसमध्ये एउटा महत्वपूर्ण विषय डिभी लोटरी समेत हो ।

पूर्व राष्ट्रपति ट्रम्पले सुरुदेखि नै डिभी लोटरीको विरोध गर्दै आएका थिए भने डिभी लोटरी खारेज गर्ने प्रयास समेत गरेका थिए । तर बाइडेनले डिभी लोटरीलाई प्रोत्साहन गरेका छन् ।

बाइडेन समर्थित बिलमा डाइभर्सिटी भिसाको नम्बर २५ हजारले बृद्धि गर्ने यल्लेख छ । अहिले बार्षिक ५५ हजार रहेकोमा यो बिल पारित भएमा बार्षिक ८० हजार बनाउनेछ । डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरुको संख्या उल्लेख्य भएकाले यसले नेपालीहरुलाई पनि विशेष प्रभाव पार्नेछ ।

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

आर्थिक बर्ष सन् २०२१ का लागि डिभी लोटरी विजेता नेपालीहरु एसियामै दोश्रो नम्बरमा रहेका छन् । आर्थिक बर्ष २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । सन् २०२१ का डिभी लोटरी विजेताले गत अक्टोबर १ देखि भिसा पाउनुपर्ने भएपनि डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउनमा ढिलाई भइरहेको छ ।

कति नेपालीले भर्छन् डिभी ?

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए ।  प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

आर्थिक बर्ष सन् २०२१ को डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गरिएका कारण सन् २०२० को तुलनामा २०२१ को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्या भने कम थियो । सन् २०२० को डिभी लोटरीमा १० लाख २६ हजार ४२३ नेपालीहरु सहभागीहरु रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु ३ लाख ८८ हजार ७ सय २७ रहेका थिए ।

सन् २०१९ का लागि डिभी लोटरी कार्यक्रममा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।

२०१३ देखि २०१८ सम्म डिभी भर्ने नेपालीहरु

आर्थिक बर्ष २०१८ को डिभी लोटरीमा ११ लाख ८७ हजार ३ सय ५० जना नेपालीहरु सहभागी भएका थिए । जसमा ७ लाख २८ हजार ७ सय १८ नेपाली प्राथमिक आवेदक र उनीहरुका आफन्तहरु ४ लाख ५८ हजार ६ सय ३२ रहेका थिए । २०१७ को डिभी लोटरीमा ११ लाख ३६ हजार ६ सय २२ जना नेपालीहरु सहभागी भए । जसमा प्राथमिक आवेदक ६ लाख ९२ हजार १ सय ३७ र आफन्तहरु ४ लाख ४४ हजार ४ सय ८५ रहेका थिए ।

सन् २०१६ को डिभी कार्यक्रममा १० लाख ९० हजार ८ सय ८० नेपालीहरुले डिभी कार्यक्रममा सहभागिता जनाए । जसमा प्राथमिक आवेदक ६ लाख ६४ हजार ८ सय ५४ र आफन्तहरु ४ लाख २६ हजार २६ जना रहेका थिए ।

त्यस्तै आर्थिक बर्ष सन् २०१५ को डिभी लोटरी कार्यक्रमका लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए ।

त्यसैगरी सन् २०१४ को डिभी कार्यक्रमका लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने सन् २०१३ को डिभी कार्यक्रममा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २००७ देखि २०१२ सम्म डिभी भर्ने नेपालीहरु

सन् २०१२ को डिभी लोटरीमा ३ लाख ९७ हजार ३६ नेपालीहरु सहभागी भएका थिए, जसमध्ये प्राथमिक आवेदक २ लाख ३८ हजार ६ सय ७८ जना रहेका थिए भने परिवारका सदस्यहरु १ लाख ५८ हजार ३५८ जना रहेका थिए ।

त्यस्तै सन् २०११ को डिभी लोटरीमा ३ लाख २२ हजार ७ सय ५८ जना नेपालीहरु सहभागी भएका थिए । जसमध्ये १ लाख ९४ हजार ३ सय ७३ प्राथमिक आवेदकहरु र उनीहरुका परिवारका सदस्यहरु १ लाख २८ हजार ३ सय ८५ जना रहेका थिए ।

सन् २०१० को डिभी लोटरीमा ३ लाख ५६ हजार २ सय १६ नेपालीहरु सहभागी भएका थिए । जसमध्ये २ लाख ११ हजार ४ सय २१ प्राथमिक आवेदकहरु र १ लाख ४४ हजार ७ सय ९५ जना परिवारका सदस्यहरु रहेका थिए ।

त्यस्तै सन् २००९ मा २ लाख ९८ हजार १ सय ४१ जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ७० हजार ७ सय १६ प्राथमिक आवेदकहरु र १ लाख २७ हजार ४ सय २५ परिवारका सदस्यहरु रहेका थिए ।

सन् २००८ मा ३ लाख ८९ हजार ९ सय ८९ आवेदकहरु सहभागी थिए । जसमध्ये २ लाख २२ हजार ४ सय ७७ प्राथमिक आवेदकहरु र १ लाख ६७ हजार ५ सय १२ परिवारका सदस्यहरु रहेका थिए ।

सन् २००७ मा ३ लाख २७ हजार ३ सय ३० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ८९ हजार ४ सय ८४ प्राथमिक आवेदकहरु र १ लाख ३७ हजार ८ सय ४६ परिवारका सदस्यहरु रहेका थिए ।

डिभी लोटरीको इतिहासमा नेपालबाट एककरोडभन्दा धेरै व्यक्तिका आवेदन परिसकेका छन् । बारम्बार आवेदन दिनेहरुको संख्या समेत यसमा जोडिएको छ । उदाहरणका लागि २०२१ को डिभी कार्यक्रममा सहभागी ६ लाख ८८ हजार ५ सय २ मध्ये कैयनले सन् २०२० को डिभी कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com