न्यूह्याम्पसायरका नेपाली युवाले भर्चुअल कार्यक्रम गरेर चेपाङ विथार्थीका लागि जुटाए २ हजार डलर


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

न्यूह्याम्पसायर नेपाली समाज युवा नेटवर्कको अगुवाईमा लक्ष्मी प्रतिष्ठानद्वारा चितवनको कान्दामा संचालित कुमार बलराम स्मृति छात्रावासको सहयोगार्थ भर्चुअल प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्याम्पसर लगायत अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

नेपालबाट प्रतिष्ठानका उपाध्यक्ष बटुप्रसाद न्यौपानेले कार्यक्रमको संयोजन गर्नु भएको थियो । जुम र फेसबुक लाइभ मार्फत प्रसारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यव्यङ्ग्य, बाद्यवादनदेखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहान थापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न १७ सामूहिक एवं एकल प्रस्तुति प्रसारण गरिएको थियो ।

स्तुति खतिवडाले तिम्रो मायाले बाँधेर राख गीत उकलेली बजाउँदै प्रस्तुत गरेकी थिइन भने नेहा शर्मा, देव शर्मा, सुभन विष्ट, आहाना थापा, श्रेया खनालहरुले नेपाली टेलिचलचित्र जिरे खुर्सानीको प्यारोडी देखाएका थिए । रिञ्जु र रोजर शेर्पाले बास्केटबल खेलका केही कलात्मक सटहरु देखाएको कार्यक्रममा जुनिपर गुरुङ र दिशिता गुरुङले भैलिनी आइन बोलको तिहार गीतमा नृत्य देखाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नुर सिंह र श्रेया खनालले पनि आज हाम्रो भेट भको दिनमा नृत्य देखाएका थिए भने सारा क्षेत्रीले जिम्न्याष्टिक खेलका कला प्रस्तुत गरेकी थिइन । शीला अधिकारीले डिस्कोवाले किसको गीतमा गायन र नृत्य प्रस्तुत गरेकी थिइन भने समृद्धि अधिकारीले ब्लाइन्डिङ लाइट्समा पियानो बजाएकी थिइन । सुभन बिष्ट, देव शर्मा, नेहा शर्मा, आहाना थापा, स्पर्दा गुरुङ, स्तुति अधिकारी, आइशा केसी, रिचा थापा, गरिमा अधिकारी र कृति श्रेष्ठले के माया लाग्छ र सहित दुबो फुल्यो बोलको गीतमा नृत्य प्रस्तुत गरेको कार्यक्रममा घिन्ताङ घिन्ताङ बोलको गीतमा कुसुम अर्यालले आर्कषक नृत्य देखाएकी थिइन् ।

मोहित बिष्ट, देव शर्मा, विभव शर्मा र गौरव महर्जनले कार्यक्रममा फरक स्वाद पस्कने क्रममा खाना पकाउने कला देखाएका थिए भने निना सुवेदीले दि साइन्टिष्टमा गितार बजाएकी थिइन् । आहाना थापाले सारंगीको धुनले गीतमा नृत्य प्रस्तुत गरेकी थिइन भने सुहानी कार्र्की र संसार कार्र्कीले गितार र पियानो मार्फत असारै मैनामा गीतको धुन सुनाएका थिए । सविन सुब्बाले दिक्तेल बजार गीत गाएको कार्यक्रममा स्तुति अधिकारीको नृत्य र देव शर्माको गितार बादनसँगै कार्यक्रम सकिएको थियो ।

कार्यक्रमबाट करीब तीन हजार अमेरिकी डलर नगद संकलन भएको छ । संकलित रकमबाट दुई हजार डलर भन्दा बढी नेपालमा कार्यरत गैह्र नाफामुलक सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ ।

प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामा लोपन्मुख चेपाङ विद्यार्र्थीहरु आश्रीत कुमार बलराम स्मृति छात्राबासमा निर्माणाधिन भोजन गृह र सयनकक्षको लागि खर्च गर्नेछ । लक्ष्मी प्रतिष्ठानले भोजन गृहलाई न्यु ह्याम्पसर नेपाली समाज भोजन गृह नामाकरण गरेको छ ।

नेपाली भाषा, कला र संस्कृतिलाई आउँदो पुस्ताले संरक्षण गरोस् भन्ने लक्ष्य कार्यक्रम आयोजना गरिएको न्यूह्याम्पसर नेपाली समाजका पूर्व उपाध्यक्ष शान्ता विष्टले बताउनुभयो । न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरुले नेपाली पहिचानलाई जोगाउदै परोपकारी कामको समेत सुरुवात गरेकोमा प्रशंसा गर्नुभयो ।

लक्ष्मी प्रतिष्ठानलाई सहयोग गर्ने लक्ष्यका साथ अमेरिकामा बसोबास गर्ने किशोर किशोरीहरुद्वारा गरिएको न्यु एअर ईभको उक्त भर्चुअल ट्यालेन्ट सो हेर्दै लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले नेपाली बालबालिकाहरु आफैले आयोजना गरेर प्रतिष्ठानको लागि फन्ड रेज गर्न गरेको कार्यक्रम हेर्दा आफू खुसीले भावुक भएको र खुसीका आँसु झरेको बताउनुभयो ।

कार्यक्रम मार्फत ईश्वर तुल्य बालबलिकाहरुले प्रतिष्ठानको कर्मलाई सही मात्र ठहराएका छैनन आ-आफ्नो ठाउँबाट सहकार्यको थालनी नै गरेका उहाँले बताउनुभयो । प्रतिष्ठानद्वारा भइरहेका मानवीय कार्यहरुले हजारौ बालबालिकाहरु लाभान्वित हुन पाउन विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com