नेपालमा थपिए ३१८ संक्रमित, पछिल्लो चौबीस घण्टामा ६ जनाको मृत्यु


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६२ हजार ६४२ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ । नोट : यो समाचार अपडेट हुने क्रममा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com