फिप्नाको आगामी रोडम्याप तयार, न्युयोर्कमा नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र बनाइने


प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

❒  न्युयोर्कमा नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापना गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्नाको  निर्णय 

❒  आदिवासीहरूको पेशागत संगठनहरूलाई पनि गोलबद्व गर्दै यसबाट युवाहरू, विद्यार्थीहरू , महिलाहरू , पत्रकारहरू , कलाकारहरू, कानुन व्यावसायीहरू , साहित्यकारहरू सबैलाई समेट्दै एकीकृत शक्ती निर्माण गर्दै जाने निर्णय 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्नाको संघिय परिषद बैठकले न्युयोर्कमा नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । नेपाली अमेरिकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला , साहित्य, ईतिहास, भाषा , संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्धन गर्दै विश्वसमुदायलाई नेपालप्रती आकर्षित गराउने उदेश्यले नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापित गरिने फिप्नाले जनाएको छ ।

यो विषयमा अझ थप प्रभावकारी र व्यवस्थित योजनाका साथ अगाडी बढ्नलाई थप गृहकार्य गरेर अगाडि बढ्न कार्यसमितिले योजना बनाउने जनाइएको छ। नेपाली अमेरिकन आदिवासी जनजातिहरूको साँझा छाता संगठनको रूपमा क्रियाशील महासंघले आगामी दिनमा अझ सशक्त र प्रभावकारी भुमिकाहरू निर्वाह गर्दै जाने बैठकको निष्कर्ष रहेको छ ।

कोरोना कहरका कारण भर्चुअलरूपमा सम्मन्न परिषद बैठकमा कोषाध्यक्ष र महासचिवले प्रस्तुत गरेको वार्षिक आय व्याय समेटिएको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।  बैठकमा महासंघको आगामी रणनीतिहरूको विषयमा वैचारिक मार्गचित्र कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिप्नाले नेपालको आदिवासी जनजाति आन्दोलनको उपलब्धीहरूको रक्षाको लागी निरन्तर विभिन्न रचनात्मक भुमिका निर्वाह गर्ने साथै नेपालका उत्पीडित जाती , समुदाय , क्षेत्र र लिंगका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनीहरूको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य, राजनितिक सबै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू र परियोजनाहरू संचालन गर्ने निर्णय समेत गरेको छ ।

फिप्नले कार्यक्षेत्रलाई विकास र विस्तार गर्दै नेपाली अमेरिकन आदिवासी जनजातिहरूको साझा संस्थाको रूपमा विकास भएकोलाई अझ व्यापक बनाउदै आगामी दिनमा आदिवासीहरूको पेशागत संगठनहरूलाई पनि गोलबद्व गर्दै यसबाट युवाहरू, विद्यार्थीहरू , महिलाहरू , पत्रकारहरू , कलाकारहरू, कानुन व्यावसायीहरू , साहित्यकारहरू सबैलाई समेट्दै एकीकृत शक्ती निर्माण गर्दै जाने नीतिगत प्रस्ताव पारीत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com