अमेरिकामा विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा, नेपाली योग्य


प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा

❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको, कम्तीमा ३ दशमलव ५ जीपीए भएको, आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने, सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको विद्यार्थीले आवेदन दिनसक्ने

❒ आवेदन फेब्रुअरी १ मा खुल्ला गरिने र अप्रिल १५ सम्म आवेदन दिन सकिने, मे १५ मा टप ५ आवेदनहरु छनौट गरिने, जुलाई १५ मा स्कलरसिप पाउने व्यक्तिको नाम घोषणा गरिने 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा गरेको छ । कम आम्दानी भएका विद्यार्थीहरुलाई सहयोगका लागि स्कलरसिपको घोषणा गरिएको वक्तब्यमार्फत जनाइएको छ ।

सकारात्मक सामाजिक परिवर्तनका लागि समुदायमा सकृय रहेकाहरुलाई प्राथमिकता दिइने र उक्त छात्रबृत्तिका लागि नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका अमेरिकामा अध्ययनरत विद्यार्थीहरु पनि योग्य हुने जनाइएको छ । छात्रबृत्तिको अभावका कारण अमेरिकामा डिग्री हासिल गर्नमा समस्या भोगिरहेका विद्यार्थीहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो ।

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको, कम्तीमा ३ दशमलव ५ जीपीए भएको, आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने, सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको, नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले आवेदन दिनसक्नेछन् । आवेदन फेब्रुअरी १ मा खुल्ला गरिने र अप्रिल १५ सम्म आवेदन दिन सकिने जनाइएको छ ।

त्यसपछि मे १५ मा टप ५ आवेदनहरु छनौट गरिने र युनिभर्सिटीको ट्रान्सक्रिप्टका साथमा दुईवटा सिफारिसपत्र समेत पेश गर्नुपर्ने जनाइएको छ । स्वतन्त्र छनौट समितिले आवेदनहरु हेरेर जुलाई १५ मा स्कलरसिप पाउने व्यक्तिको नाम घोषणा गरिने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com