नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
प्रकाशित मिति : माघ ५, २०७७ सोमबार
नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।
❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ६७ हजार ६४४ पुगे, हाल सक्रिय संक्रमितको संख्या ३ हजार ८६१
❒ पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६१ हजार ८१८ संक्रमणमुक्त
❒ थप ६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६५ पुग्यो
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
नेपालमा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ८१८ संक्रमणमुक्त भएका छन् । यस्तै कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६५ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।






