नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, ५ को मृत्यु


प्रकाशित मिति : माघ ४, २०७७ आईतबार

❒ नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगे, हाल सक्रिय संक्रमितको संख्या ३ हजार ९१९

❒ पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६१ हजार ४४४ स‌ंक्रमणमुक्त

❒ थप ५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५९ पुग्यो

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालमा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ४४४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५९ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com