न्युयोर्क सिटीमा कोरोना संक्रमण फेरी बढ्दै, संक्रमण दर ८.७ प्रतिशत


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

❒  न्युयोर्क सिटीमा कोरोना संक्रमण फेरी बढ्दै, संक्रमण दर ८ दशमलव ७  प्रतिशत

❒  न्युयोर्क सिटीमा एकदिनमा थप ४ हजार ६ सय ५० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । सिटीमा अस्पताल भर्ना हुनेहरु भने एकदिनमा २ सय ८६ जना थपिए

❒  न्युयोर्क सिटीमा अहिलेसम्म ८ लाख भ्याक्सिनका डोजहरु डेलिभर, झण्डै साढे ३ लाख डोज भ्याक्सिन प्रदान

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

न्युयोर्क सिटीमा कोरोना संक्रमण फेरी बढ्दै गएको देखिएको छ । शुक्रबार न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले सिटीमा संक्रमण दर ८ दशमलव ७ प्रतिशत पुगेको जानकारी दिएका छन् ।

संक्रमण दर परीक्षण गराएकाहरुबीचको हो, कुल जनसंख्याको भने होइन । यद्यपी यो संख्याले कोरोनो संक्रमणको स्थीतिलाई भने प्रतिनिधित्व गर्छ । कोरोना संक्रमण बढेपछि न्युयोर्क सिटीमा डिसेम्बर १४ देखि नै रेष्टुरेण्टहरुभित्र खाना खानमा रोक लगाइएको छ ।

न्युयोर्क सिटीमा एकदिनमा थप ४ हजार ६ सय ५० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । सिटीमा अस्पताल भर्ना हुनेहरु भने एकदिनमा २ सय ८६ जना थपिएका छन् ।

न्युयोर्क सिटीमा भ्याक्सिन वितरणको काम पनि तीब्र भइरहेको छ । अहिलेसम्म ८ लाख भ्याक्सिनका डोजहरु डेलिभर भइसकेका छन् भने झण्डै साढे ३ लाख डोज भ्याक्सिन प्रदान गरिसकिएको छ । जसमध्ये पहिलो डोज प्राप्त गर्नेहरु झण्डै ३ लाख र दुबै डोज प्राप्त गर्नेहरु ५० हजारको हाराहारीमा रहेका छन् ।

न्युयोर्क सिटीमा अहिले दैनिक झण्डै २५ हजारले कोरोनाबिरुद्धको भ्याक्सिनका डोज प्राप्त गरिरहेका छन् । सिटीले भ्याक्सिन लगाउनका लागि नयाँ अस्थायी क्लीनिकहरुको पनि स्थापना गर्दैछ । जनवरीभरमा १० लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध गराउने सिटीको लक्ष्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com