भारतमा उत्पादित कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’लाई नेपालमा प्रयोगको अनुमति


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

❒ आपतकालीन प्रयोगका लागि नेपालमा कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

आपतकालीन प्रयोगका लागि नेपालमा कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।

‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो । यसले भारतमा पनि प्रयोगको लागि अनुमति पाइसकेको छ भने भारतमा ठुलो मात्रामा उत्पादन भैरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com