लन्डनमा नेपाली सेफ हत्याका अभियुक्त जमानतमा रिहा, पोस्टमार्टमबाट मृत्युको कारण अस्पष्ट


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

❒ लन्डनमा नेपाली सेफ विक्रम केसीको हत्याका अभियुक्त फेब्रुअरी महिनाको शुरुमा हाजिर हुने गरी  जमानतमा रिहा

❒ राती कामबाट फर्किदै गर्दा आफ्नो घरदेखि २ मिनेटको दूरीमा रहेको ट्रेन स्टेशनबाहिर केसी र ती युवाबीच झगडापछि भएको कुटपिटबाट केसीको घट्नास्थलमै मृत्यु

❒ साढे १० बजेको समयमा प्रहरी घट्नास्थल पुगेको र बेहोस अवस्थामा रहेका पुरुषलाई बचाउन कोशिस गर्दागर्दै सफल नभएको प्रहरीको भनाइ

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

लन्डनमा गत आइतबार राती भएको एक नेपाली सेफ विक्रम केसीको हत्याका अभियुक्त जमानतमा रिहा भएका छन् ।

लन्डन इष्टकोट ट्रेन स्टेशनबाहिर सामान्य झगडापछि ज्यानै जाने गरी भएको कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ ती २१ वर्षीय युवा जमानतमा छुटेको लण्डन मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।

अनुसन्धानमा थप सोधपुछका लागि उनलाई फेब्रुअरी महिनाको शुरुमा हाजिर हुने गरी जमानत दिइएको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार राती कामबाट फर्किदै गर्दा आफ्नो घरदेखि २ मिनेटको दूरीमा रहेको ट्रेन स्टेशनबाहिर केसी र ती युवाबीच झगडापछि भएको कुटपिटबाट केसीको घट्नास्थलमै मृत्यु भएको थियो ।

विक्रम केसी

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टले समेत केसीको मृत्युको कारण स्पष्ट गर्न सकेको छैन । मृत्युको कारण खोज्न अब थप परीक्षणहरु गरिनेछ ।

घटना भएको भोलिपल्टै अक्सब्रिज मोर्टुअरीमा पोस्टमार्टम गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले अहिलेसम्म प्राप्त विवरणअनुसार गत आइतबार राती सवा १० बजे दुई पुरुषबीच इष्टकोट ट्रेन स्टेशनबाहिर झगडा भएको र एक पुरुषको मुक्का प्रहारबाट अर्का पुरुष ढलेर बेहोस बनेको बताएको छ ।

एम्बुलेन्स सर्भिसले खबर गरेपछि साढे १० बजेको समयमा प्रहरी घट्नास्थल पुगेको र बेहोस अवस्थामा रहेका पुरुषलाई बचाउन कोशिस गर्दागर्दै सफल नभएको प्रहरीको भनाइ छ ।

प्रहरीले घट्नास्थल नजिकैका पसल तथा बासिन्दालाई घट्नाको समयको सिसिटिभी फुटेज उपलब्ध गराएर अनुसन्धानमा सघाउन अपील गरेको छ ।

घट्नाका बेला सोही सडकमा गुड्ने गाडीहरु समेतलाई फुटेज भए उपलब्ध गराउन आग्रह गरिएको छ । विशेषगरी घट्नाकै समय छेउको सडकबाट पास हुने एउटा सानो, रातो रंगको कारका चालकलाई प्रहरीले सम्पर्कमा आएर जानकारी दिन अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com