नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि, कति डिस्चार्ज ?


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६० हजार १७७ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ४३ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com