लन्डनमा संक्रमण भएर ३ महिना अस्पताल बसेका गुल्मी पुर्तिघाटका पूर्व गोर्खाको निधन


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ लन्डनको ग्रीनफोर्डमा बस्दै आएका ५९ वर्षीय लालप्रसाद सलामीको सोमबार रोयल ब्रम्पटन हस्पिटलमा निधन

❒ बेलायतमा कोरोना संक्रमणबाट कम्तीमा ७५ जना नेपालीको निधन

❒ एक महिना बढी आइसीयूमै राखेर उपचार उपचार गरिएपछि सुधार भयो भनेर सामान्य वार्डमा सारिएको थियो

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

कोरोना संक्रमणबाट बेलायतमा थप एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।

लन्डनको ग्रीनफोर्डमा बस्दै आएका ५९ वर्षीय लालप्रसाद सलामीको सोमबार रोयल ब्रम्पटन हस्पिटलमा निधन भएको उनको परिवारनिकट गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष मतीप्रसाद पुनले नेपाली लिंकलाई जानकारी दिए ।

गत अक्टोबर महिनामै संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको पुनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ वोकेंग पुर्तिघाट घर भएका सलामी परिवारसहित लण्डनको ग्रीनफोर्ड बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरा छन् । बाबुआमा भने नेपालमै छन् ।

‘शुरुमा अक्टोबरमै कोभिड संक्रमण भएर अस्पताल भर्ना हुनुभएको थियो । एक महिना बढी आइसीयूमै राखेर उपचार उपचार गरिएपछि सुधार भयो भनेर सामान्य वार्डमा सारिएको थियो’, गुल्मी समाज यूकेका उपाध्यक्ष पुनले भने, ‘पछि फेरि उहाँको स्वास्थ्य अवस्था बिग्रिंदै गयो र सोमबार निधन भयो ।’

मृतक सलामी गुल्मी जिल्ला समाज यूके, मगर संघ यूके वेम्बली मिडलसेक्स शाखा लगायतमा पनि आजीवन सदस्य थिए । सलामीको निधनमा उनी आबद्ध संस्थाहरुले शोक व्यक्त गरेका छन् ।

हालसम्म सार्वजनिक भएअनुसार बेलायतमा कोरोना संक्रमणबाट ७५ जनाभन्दा बढी नेपालीको निधन भएको छ।जसमध्ये अधिकांश भूतपूर्व गोर्खा र तीनका परिवारका सदस्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com