नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ५ को मृत्यु


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ६६ हजार नाघ्यो

❒ पछिल्लो २४ घन्टामा ४ सय १४ जना कोरोना मुक्त

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालमा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५४ जनामा गरिएको पिसिआर परीक्षणमा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । यीमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । पछिल्लो २४ घन्टामा ४ सय १४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५९ हजार ७ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ जना पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com