फेसबुकमा स्टाटस लेखेर लण्डन निवासी गायक बद्री केसीले गरे आत्महत्या


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

विगत केही वर्षदेखि बेलायतमै रहेका गायक/कलाकार बद्री केसीले आत्महत्या गरेका छन् ।

लण्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसी रुखमा झुण्डिएको अवस्थामा शनिबार बिहान शव प्राप्त भएको लण्डनस्थित उनकै सहकर्मी राम थपलियाले नेपाली लिंकलाई जानकारी दिए ।

शुक्रबार दिउँसो करिब पौने ४ बजे निराश भावको फेसबुक स्टाटस लेख्दै आफ्ना साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ लेखेका केसी आफै काम गर्ने स्थानीय मिल हिल स्कुलको हाताको सुनसान ठाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार बिहान एघार बजे घरबाट निस्किएका उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । बेलुका अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएका थिएनन् ।

आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ ।

केसीको आत्महत्याको कारण स्पष्ट भइसकेको छैन । उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ ।

पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए । केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत फर्किएका हुन् ।

लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत थिए बद्री । कलाकारितामा पनि निकै सीपालु केसी बेलायतको नेपाली समुदायमा एक लोकदोहोरी गायकको रुपमा परिचित थिए । उनले अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए । बेलायतका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए ।

 

(If you are in crisis, please seek help immediately. 

USA: National Suicide Prevention Lifeline: 800-273-8255

UK : If you feel like you might attempt suicide, or may have seriously harmed yourself, you need urgent medical help. Please call 999 for an ambulance. 

Nepal: The Tribhuvan University Teaching Hospital (TUTH) suicide hotline (9840021600) and the Patan Hospital crisis helpline for suicide prevention (9813476123) operate 24 hours.

The Transcultural Psychosocial Organization (16600102005) provides helpline services between Monday to Friday from 9:30 am to 4:30 pm. BPKIHS Helpline: 9805316785, 9802331176 from 8:30 am to 5 pm everyday.)  

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com