क्यालिफोर्निया निवासी प्राज्ञिक तथा सामाजिक व्यक्तित्व डा. दुर्गा दाहालको निधन


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को निवासी डा दुर्गा दाहालको निधन भएको छ । शुक्रबार विहान स्थानीय सयम अनुशार ११ बजेर २५ मिनेटमा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

अचानक रक्तचाप घटेका दाहालको निधन भएको जनाइएको छ । सामाजिक अभियन्ता डा दाहाल बिभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्थ्यो ।

लेखक तथा साहित्यकार दाहाल एएनएनका पश्चिमी क्षेत्रका उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सल्लाहकार ,नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत हुनुहुन्थ्यो । उहाँको निधनले अमेरिकामा रहेको नेपाली समुदाय स्तब्ध भएको छ ।

अमेरिका र अमेरिका बाहिर रहेका नेपालीहरुले उहाँको निधनप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिरहेका छन् । कोरोनाको महामारीका कारण स्वास्थ र सुरक्षालाई ध्यानमा राखेर भौतिक रुपमा भेटघाटका लागि नआई फोनबाटमात्र समवेदना प्रकट गरिदिन परिवारले आग्रह गरेको छ ।

उहाँका परिवारका तफैबाट सामाजिक सञ्जालमा लेखिएको छ – ‘जब समय सही हुन्छ, हामी निश्चित रूपमा उहाँको लागि भेला हुनेछौं र उहाँको जीवन उचित तरीकाले मनाउँनेछौं ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com