नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५६ हजार १६१ स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ९९ पुगेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com