नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार
नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ६६६ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ९३ पुगेको छ ।