नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि, ७ को मृत्यु
प्रकाशित मिति : पुस २०, २०७७ सोमबार
नेपालमा थप ४०३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ०८८ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ८५ पुगेको छ ।