पाणिनी गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद, सुत्केरी महिलालाई नि:शुल्क सेवा


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन समस्या भएपछि पाणिनी गाउँपालिकाको कार्यालय र लंकबहादुर केसीको संयुक्त लगानीमा २ वटा एम्बुलेन्स खरिद गरिएको हो । उक्त एम्बुलेन्सको अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मि गौतम, लंकबहादुर केसीका भाइ देविबहादुर केसीले आईतबार संयुक्त रूपमा उद्वघाटन गरेका हुन् ।

विशेष गरि सुत्केरी महिलाहरूका लागि गाउँपालिकाभित्रका वर्थिङ सेन्टरमा लैजादाँ निःशुल्क सेवा प्रदान गरिने र वर्थिङ सेन्टरबाट सुत्केरी महिलालाई अन्यत्र लैजानुपरेमा आधा छुट हुने गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताईन् । ‘विशेष गरि सुत्केरी महिलालाई मध्यनजर गरि सञ्चालन गरिएको छ । उनले भनिन्, गाउँपालिकाभित्रका अन्य बिरामीलाई कति प्रतिशतसम्म छुट दिन सकिन्छ भन्नेबारेमा कार्यपालिकाको बैठकमा निर्णय गर्छौ ।’

खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाको मातहतमा सञ्चालन हुने उनले बताईन् । एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाबासी हर्षित बनेका छन् । एम्बुलेन्स पोखराथोक र चिवेकमा रहनेछन् ।  गाउँपालिकामा पाणिनी पर्यटन समाजले ल्याएको एम्बुलेन्स रहँदै आएको छ । योसँगै पाणिनी गाउँपालिकाभित्र ३ वटा एम्बुलेन्स सञ्चालनमा आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com