५० राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक पक्राउ


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्तिलाई प्रहरीले ५० राउन्ड गोलीसहित पक्राउ गरेको छ । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका झापा मेचीनगर-२ का बद्रीहाङ राई नाइन एमएम पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् ।

चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको हो । राईलाई आवश्यक अनुसन्धानका लागि हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com