नेकपा (बहुमत)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेका छन् । सोमबार बिहान ११ बजेको उडानबाट सिताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल मुम्बई गएका हुन् । काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनीहरु नयाँदिल्ली भई मुम्बई जानेछन् ।
भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिरहेकी सिताको स्वास्थ्य थप जटिल बन्दै गएपछि थप उपचारको लागि उनलाई मुम्बई लगिएको हो । त्यहाँ उनको न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएको छ ।
पुत्र वियोगमा विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित छिन् । सितालाई यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।