पत्नी सिताकाे थप उपचारका लागि भारत जाँदै प्रचण्ड


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत लैजादैँ छन् ।

भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिरहेकी सिताको स्वास्थ्य थप जटिल बन्दै गएपछि थप उपचारको लागि आज अध्यक्ष प्रचण्डको साथमाछोरी गंगा दाहाल पनि मुम्बई जान लागेका हुन् । उनीहरुको बिहान ११ बजेको उडान रहेको छ । त्यहाँ उनको न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएको छ ।

पुत्र वियोगमा विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित छिन् । सितालाई यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com