जिम्मेवारी टुंग्याउन र पार्टी एकताका काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन
प्रकाशित मिति : पुस १९, २०७७ आईतबार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको संस्थापन पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
गठित कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने बैठकमा सहभागि एक स्थायी सदस्यले जानकारी दिए ।
आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने निर्णय समेत गरेको छ ।