नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

नेपालमा थप ४२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ५ हजार ४८५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ ।