बिष्णु पौडेललाई गुरूङको चुनौती : बुटवलमा म सँग चुनाव लड्ने हिम्मत छ ?


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

नेकपा प्रचण्ड-नेपाल समुहका नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले सं‌सद पुनस्थापना गरेर देश र संविधान बचाउनुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपि ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ।

‘२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलिले २०७७ पुस ५ गते  संविधानमाथि कु गरे,तानाशाहि असंबैधानिक तथा अलाेकतान्त्रिक काम गर्ने मान्छेलाइ अब राख्नु हुदैन । ’ उनले भने ।

गुरूङले ओली पक्षका नेता बुटवलबाट चुनाव जितेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई अब रुपन्देहीमा आएर  आफूसंग चुनाव लडेर  जित्न चुनौती दिएका छन् ।

पौडेलले बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफूले प्रतिस्पर्धा गर्ने र जितेर देखाइदिने चेतावनी दिए । ‘हिजो कस्लाइ कस्ले र कसरी चुनाव जितायो सबैलाइ थाहा छ, हामी चुनावमा जान डराएका छैनौँ, हामीलाइ चुनावमा जान डराए भन्ने ? , महासचिव बिष्णु पौडेललाइ ई‌गिचत गर्दै उनले भने- ‘आउनूस् म संग चुनाव लडेर देखाउनुस्, हिम्मत छ ?’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com