लोडसेडिङको अन्त्य कुलमानले होइन, मैले गर्दा भएको हो : रायमाझी


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफैँले गर्दा ऊर्जा क्षेत्रमा देशले ठूलो फड्को मारेको बताएका छन् । गृहजिल्ला अर्घाखाँचीमा प्रेस संगठन नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले आफ्नो पालामा लोडसेडिङ मुक्त गर्ने आधार बनाएपछि देश लोडसेडिङ्ग मुक्त भएको दाबी गरे ।

‘कुलमान घिसिङका कारण देश लोडसेडिङ मुक्त भएको होइन, मैले मेरो पालामा लोडसेडिङ मुक्त गर्ने आधार बनाएपछि देश लोडसेडिङ्ग मुक्त भयो ।’ घिसिङलाई आफूले विद्युत प्राधिकरणमा ल्याएको दावी गर्दै उनले भने, ‘कुलमानजीलाई प्राधिकरणमा मैले ल्याएको हुँ, मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो।’

गत वर्षभन्दा यस वर्ष विद्युत क्षमता बढी भएकाले लोडसेडिङ नभइ ओभरलोड भएको उनको भनाई छ । रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी फुटाउने र सरकार ढाल्ने काममा लागेको आरोप समेत लगाए । उनले अहिलेसम्म ८ वटा सरकार ढाल्न प्रचण्डको मुख्य हात रहेको आरोप लगाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com