प्रतिनिधिसभा विघटनकाे बचाउमा राष्ट्रपति कार्यालयले सर्वोच्चमा जवाफ पेस गर्दै


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आज सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै छ ।

काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा दर्जन भन्दा बढी रिट दायर भएका थिए । त्यहीक्रममा पुस १० गते सर्वोच्चको संवैधानिक इजलासले १९ गतेसम्म लिखित जवाफ पेश गर्न भनेको थियो । राष्ट्रपति कार्यालयबाट लिखित जवाफ तयार भएको र आइतबार नै महान्याधिवक्ता कार्यालयमार्फत् पेश गरिने जनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले सवै विवरण उपलव्ध भएपछि पुस २२ गतेदेखि निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको थियो । इजलासले सर्वोच्च अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेशसमेत गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com