अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनका ५ सय डोज मिल्काउने फार्मासिस्ट पक्राउ


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

अमेरिकाको विसकन्सिनमा कोरोनाबिरुद्धको भ्याक्सिनका ५ सय डोज मिल्काउने फार्मासिस्ट पक्राउ परेका छन् । ती फार्मास्टिले स्थानीय अस्पतालबाट मोडेर्ना भ्याक्सिनका ५७ वटा शिशीहरु फ्रिजबाट निकालेर बाहिर राखेका थिए । जुन ५ सय जनालाई दिनका लागि राखिएको थियो ।

फ्रिजबाट बाहेर निकालेर कैयन घण्टा राखेका कारण ती भ्याक्सिनहरु प्रयोग गर्न नमिल्ने भएका छन् । भ्याक्सिन निकाल्ने फार्मासिस्टलाई अस्पतालको जागिरबाट निष्काशन गरिएको छ ।

एकजना कर्मचारीले शनिबार विहान ती भ्याक्सिनका शिशीहरु फ्रिजबाहिर देखेका थिए । त्यसपछि तत्काल फ्रिजमा राखेका थिए । तर कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन फ्रिजबाहिर १२ घण्टामात्र राख्नमिल्ने जनाइएको छ ।

भ्याक्सिनका शिशीहरु डिसेम्बर २४ र २५ मा रातभर बाहिर राखिएको र तोकिएको अवधिभन्दा बढी फ्रिजभन्दा बाहिर राखेका कारण प्रयोग गर्न नमिल्ने भएका छन् । पक्राउ परेका फार्मासिस्टलाई पहिलो डिग्री सुरक्षा जोखिममा पार्नेगरी लापरवाही गरेको, प्रिस्क्रिप्सन औषधीमा व्यभीचार र सम्पत्तिमा अपराधपूर्ण क्षतिको अभियोग लगाइएको छ । सबै तीनवटा अभियोगहरु अपराधका अभियोग हुन् ।

ग्राफ्टन प्रहरीले पक्राउ गरेका ती व्यक्तिलाई ओजाउकी काउन्टी जेलमा राखिएको छ । ती व्यक्तिका कारण ५ सय डोज भ्याक्सिन नोक्सान भएपछि अब ५ सय जनालाई भ्याक्सिन लगाउनमा ढिलो हुने भएको छ ।

उनले जानाजान भ्याक्सिनका डोजहरु बाहिर निकालेको स्वीकार गरेपनि यसो गर्नुको उद्देश्यबारे भने केही बताएका छैनन् । कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन बढीमा ३० दिनसम्म सामान्य फ्रिजमा राख्न सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com