नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५३ हजार १०७ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com