फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंद्धारा आज शपथ ग्रहण,अर्थतन्त्रलाई ऊर्जाशील बनाउने प्रतिज्ञा


प्रकाशित मिति : बैशाख ३१, २०७४ आईतबार

राष्ट्रपतीय चुनावमा विजयी भएको एक सातापछि फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंले आज शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणपछि सम्बोधन गर्दै माक्रोंले फ्रान्सको भविष्यप्रति आफूले जनताको विश्वास पुनः फर्काउने बताएका छन् ।
सोमबार उनले नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

शपथ ग्रहण लगत्तै उनी प्यारिसस्थित एलीसी प्यालेस भनिने राष्ट्रपति निवासमा सरेका छन्।शपथ ग्रहणपछि माक्रोंलाई उनका पूर्ववर्ती राष्ट्रपति फ्रांस्वा ओलान्दले फ्रान्सको परमाणु अस्त्रको कोड औपचारिक रुपमा हस्तान्तरण गरेका थिए। माक्रों फ्रान्सका सबैभन्दा कान्छो उमेरका राष्ट्रपति हुन्।

उनले देशको राजनीतिक अवस्थालाई बदल्दै अर्थतन्त्रलाई नयाँ ढंगले ऊर्जाशील बनाउने प्रतिज्ञा गरेका छन्।
तर माक्रोंको योजना सफल तुल्याउन उनको दल रिपब्लिक अन द मुभुले अर्को महिना हुने संसदीय चुनावमा जित हासिल गर्नुपर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिबिसी बाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com