फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंद्धारा आज शपथ ग्रहण,अर्थतन्त्रलाई ऊर्जाशील बनाउने प्रतिज्ञा


प्रकाशित मिति : बैशाख ३१, २०७४ आईतबार

राष्ट्रपतीय चुनावमा विजयी भएको एक सातापछि फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंले आज शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणपछि सम्बोधन गर्दै माक्रोंले फ्रान्सको भविष्यप्रति आफूले जनताको विश्वास पुनः फर्काउने बताएका छन् ।
सोमबार उनले नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

शपथ ग्रहण लगत्तै उनी प्यारिसस्थित एलीसी प्यालेस भनिने राष्ट्रपति निवासमा सरेका छन्।शपथ ग्रहणपछि माक्रोंलाई उनका पूर्ववर्ती राष्ट्रपति फ्रांस्वा ओलान्दले फ्रान्सको परमाणु अस्त्रको कोड औपचारिक रुपमा हस्तान्तरण गरेका थिए। माक्रों फ्रान्सका सबैभन्दा कान्छो उमेरका राष्ट्रपति हुन्।

उनले देशको राजनीतिक अवस्थालाई बदल्दै अर्थतन्त्रलाई नयाँ ढंगले ऊर्जाशील बनाउने प्रतिज्ञा गरेका छन्।
तर माक्रोंको योजना सफल तुल्याउन उनको दल रिपब्लिक अन द मुभुले अर्को महिना हुने संसदीय चुनावमा जित हासिल गर्नुपर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिबिसी बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com