नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि, ९ को मृत्यु


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

नेपालमा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५२ हजार ३५९ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com