पहिलो राहत चेक पाएका सबैले दोश्रो राहत चेक नपाउने, जनवरी पहिलो साता रकम खातामा


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

गत अप्रिलमा १२ सय डलरको पहिलो राहत चेक पाएका सबै अमेरिकनहरुले ६ सय डलरको दोश्रो राहत चेक नपाउने भएका छन् । अधिकांश योग्यताहरु उस्तै भएपनि आम्दानीका मापदण्डहरुमा भने परिवर्तन गरिएको छ ।

ट्रेजरी सेक्रेटरीले प्याकेजमा हस्ताक्षर भएको एकसातामा रकम वितरण गर्न सुरु गर्न सकिने बताएका छन् । आईआएससँग पहिले नै खाताको विवरण भएका र पहिलो राहत चेक खातामा पाउन सफल भएकाहरुको खातामा दोश्रो राहत चेक सिधै डिपोजिट हुनेछ । हुलाकमार्फत पाउनेहरुका सन्दर्भमा लामो समय लाग्न सक्नेछ ।

गत सोमबार नै अमेरिकाका दुबै सदनबाट पारित राहत प्याकेजमा राष्ट्रपति ट्रम्पले आइरतबार राती हस्ताक्षर गरेका हुन् । ट्रम्पले राहत चेक ६ सयबाट २ हजार डलर बनाउनुपर्ने बताउँदै दुबै सदनबाट सोमबार नै पारित प्याकेज र खर्च विधयेकमा हस्ताक्षर गरेका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै ५ महिना लामो रस्साकस्सीपछि झण्डै ९ बिलियनको राहत प्याकेज पारित गर्न संसद सफल भएको थियो । ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताएपनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएका थिए । जसका कारण हाउसबाट बिहिबार २ हजार डलरको राहत चेकमा सर्वसम्मतको प्रयास असफल भएको थियो ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ ।

कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

राहत प्याकेजमा बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने प्याकेजमा उल्लेख छ । ट्रम्पले शनिबार बिलमा हस्ताक्षर नगरेका कारण साप्ताहिक ३ सय भने ११ साताको साटो १० सातामात्र प्राप्त हुने देखिएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com