नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण, ९ को मृत्यु
प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार
नेपालमा थप ६ सय ०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने संक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४८ हजार २९२ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको छ ।