प्रतिनिधिसभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ ६ बजेका लागि बैठक बोलाइएको हो ।
यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। त्यसपछि सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका थिए ।
ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ।