प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलास गठन


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको संवैधानिक इजलास तोकेका हुन्।

संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्। बुधबार प्रधान न्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गरी सो विषयमा संवैधानिक प्रावधानको ब्याख्या गर्नुपर्ने भनी संवैधानिक इजलासमा पठाएका थिए।

सोहि आदेशअनुसार इजलास गठन भएको हो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com