युट्युबबाट सबैभन्दा धेरै कमाउने व्यक्ति ९ बर्षका रायन काजी, एकबर्षमा ३० मिलियन आम्दानी


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

सन् २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाउने व्यक्ति ९ बर्षका रायन काजी भएको फोब्र्सले प्रकाशित गरेको छ । अमेरिकाको टेक्सास निवासी रायनले सन् २०२० मा मात्र युट्युबबाट २९ दशमलव ५ मिलियन अमेरिकी डलर कमाएका छन् ।

रायन काजीको वास्तविक नाम रायन गुआन हो । उनले सन् २०१५ बाट युट्युबमा भिडियो बनाउन सुरु गरेका हुन् । त्यतीबेला उनी ४ बर्षका मात्र थिए ।

सुरुमा उनको च्यानलको नाम रायन टोयज रिभ्यु थियो । उनले खेलौनाको बारेमा गरेको रिभ्यु भाइरल भएपछि उनी चर्चाको शिखरमा पुगे ।

३ कक्षामा पढ्ने उनले अहिले आफ्नो परिवारका साथ ९ वटा युट्युब च्यानलहरु चलाउँछन् । सबैभन्दा धेरै रायन्स वल्र्डमा २७ दशमलव ७ मिलियन सब्सक्राइबर रहेका छन् ।

अहिले उनले शिक्षाप्रद र रमाइला भिडियोहरु बनाउँछन् । उनका कैयन भिडियो बिलियन पटक हेरिएका छन् । ती भिडियोका स्पोन्सरहरु राम्रो तरिकाले सार्वजनिक नगरिएको भन्दै अमेरिकी सरकारले रायनको परिवारबारे अनुसन्धान गर्नसक्ने गार्डियनले जनाएको छ ।

उनी गतबर्षपनि युट्युबबाट सबैभन्दा धेरै कमाउनेमा दरिएका थिए । उनका भिडियोहरु बालबालिकाहरुमाझ निकै लोकप्रिय रहेका छन् ।

सन् २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाउनेहरुमा दोश्रोमा जिम्मी डोनाल्डसन रहेका छन् । उनले झण्डै २४ मिलियन डलर कमाएका छन् । तेश्रोमा ड्युड पर्फेक्ट टिम रहेको छ । यो टिमले २३ मिलियन डलर कमाएको छ ।

चौथोमा युट्युब जोडी रेट र लिंक रहेका छन् । उनीहरुले २० मिलियन अमेरिकी डलर कमाएका छन् । पाँचौंमा १९ दशमलव ५ मिलियन कमाउने मार्क फिसबाक रहेका छन् भने छैठौंमा १९ मिलियन कमाउने प्रेस्टन आर्समेन्ट रहेका छन् । सातौंमा ६ बर्षकी रसियन बालिका नास्त्याले १८ दशमलव ५ मिलियन कमाएकी छिन् ।

आठौंमा स्टेभिन जोनले १७ मिलियन र नवौंमा डेभिड डोब्रीकले १५ दशमलव ५ मिलियन डलर कमाएका छन् । दशौंमा जेफ्री स्टारले १६ दशमलव ९ मिलियन कमाएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com