अमेरिकाका नेपाली महिलाको सहयोगमा थापाथलीमा सुत्केरी र कुरुवालाई तीन महिना निशुल्क भोजन


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

अमेरिकाको न्युयोर्क र आसपासका राज्यमा रहेका नेपाली महिलाहरुको सहयोगमा थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार पोषणयुक्त निशुल्क भोजन गराइएको छ । नेपाली लेडिज साँझ न्युयोर्कले कोरोनाको महामारीका बीचमा निशुल्क भोजन उपलब्ध गराएको हो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरी र महिला व्यवसायी सूर्य श्रेष्ठ महर्जनको विशेष सहयोग तथा अन्य नेपाली महिलाहरुको थप सहयोगमा नेपाली लेडिज साँझ न्युयोर्कले दुई सय भन्दा धेरै सुत्केरी र कुरुवालाई खाना वितरण गरेको हो । नेपालस्थित बहादुर शाह स्‍मृति प्रतिस्ठान र कृति फाउन्डेसनको सहकार्यमा एक लाख १० हजार रूपैयाको खाना बितरण गरिएको समेत नेपाली लेडिज साँझ न्युयोर्कले जनाएको छ ।

न्युयोर्क, न्युजर्सी, कनेक्टिकट आसपासमा बस्दै आएका आएका महिलाहरुबीच सम्बन्ध स्थापित गर्न हरेक बर्षको जुन महिनामा नेपाली लेडिज साँझ आयोजना गरिदै आएकोमा पछिल्लो समय यो सामाजिक संस्थाको रुपमा रुपान्तरित भएको छ । सन् २०१२ देखि संचालनमा आएको यो संस्थाले महामारीमा खाना वितरणमा सहयोग गरेकोमा बहादुर शाह स्‍मृति प्रतिस्ठानका महासचिब स्वर्ण बिक्रम शाहले धन्यवाद दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com