नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण, ५ को मृत्यु
प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार
नेपालमा थप ६ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय १३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४७ हजार ४०० संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।